२०८३ भाद्र २७ गते शनिबार
२०८३ भाद्र २७ गते शनिबार

देउवासँग भेटे नैनसिंह महर, गगनसँग संवादको आवश्यकता औँल्याए

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।

लामो समयको उपचारपछि फर्किएका देउवासँग भेटेर महरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । देउवाको स्वास्थ्य राम्रो रहेको थाहा पाएपछि आफू खुसी भएको महरले बताएका छन् ।

भेटका क्रममा महरले पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

महरले आफूहरूले पार्टीभित्र एकताका लागि सभापति गगनकुमार थापालगायत सबै पक्षसँग संवाद गरिरहेको जानकारीसमेत देउवालाई गराएका छन् ।

उनले देउवा र सभापति थापाबीच भेटघाट तथा संवादको आवश्यकता रहेको धारणा राखेका थिए । ‘पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा उहाँको भूमिका महत्वपूर्ण छ । सभापति गगनकुमार थापा र उहाँबीच भेटघाट तथा संवाद आवश्यक छ,’ महरले भनेका छन्।

महरका अनुसार देउवाले आफूले पार्टीभित्रको विवाद मिलाउन पहल गरिरहेको बताएका थिए । अदालतको निर्णय आएपछि थप विषयमा अघि बढ्ने धारणा देउवाले राखेका थिए । ‘आफूले मिलाउन पहल गरिरहेको बताउँदै अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो,’ महरले लेखेका छन् ।

महरले लामो समयको उपचारपछि फर्किएका देउवाको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी पाएपछि खुसी लागेकोसमेत बताएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।