२०८१ चैत्र ९ गते शनिबार
२०८१ चैत्र ९ गते शनिबार

रिडी–बल्कोट सडक एक महिना बन्द

गुल्मी । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत आजदेखि गुल्मीको रिडी–बल्कोट सडकखण्ड बन्द भएको छ। उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –१ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएकोे हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।

सडक सुचारु गरी काम गर्दा यात्रुहरुमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरि काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए । सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि –श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।