२०८१ माघ २९ गते मंगलवार
२०८१ माघ २९ गते मंगलवार

विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

धनगढी । धनगढीमा विद्यालयबाट फर्किदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ। धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।

पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएको पाइएको प्रहरीले जनाएको छ । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन्।

किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीषक (डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए । किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।