काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारको लागि थाइल्याण्ड लाने तयारी भैरहेको छ । उच्च ज्वरो आएपछि गत मंगलबारदेखि धापासीको ग्राण्डी अस्पताल भर्ना भएका पूर्व अर्थमन्त्री पुनलाई दिउँसो दुई बजे थाई एयरबाट थाइल्याण्डको बैंकक लैजाने तयारी भएको पारिवारिक स्रोतले बताएको छ ।
पुनलाई ज्वरो कम नभएको तथा वान्ता हुने र टाउको दुख्ने समस्या नरोकिएपछि थप उपचारको लागि बैंकक लान लागिएको बहिनी सुशीला पुनले जानकारी दिएकी छिन् । यसअघि जण्डिस बिग्रिएपछि पूर्व अर्थमन्त्री पुन गएको वर्ष माघमा भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा उपचार पछि फर्किएका थिए ।
त्यसकै निरन्तर उपचारको लागि गएको महिना नै बैंकक जानुपर्ने भएपनि व्यस्तताले जान नसकिएको पारिवारले जानकारी दिएको छ ।