२०८१ चैत्र ९ गते शनिबार
२०८१ चैत्र ९ गते शनिबार

‘भाइरल’ मोनालिसाले कमाइन सातामै ३४ लाख

मुम्बइ । महाकुम्भ २०२५ मा माला बेच्न आएकी एक युवती आफ्नो आँखा र प्राकृतिक सौन्दर्यका कारण रातारात भाइरल भइन् । उनको लोकप्रियता यति बढ्यो कि उनी कुम्भ छोडेर मध्य प्रदेशमा आफ्नो घर फर्किनु पर्‍यो । उनको लोकप्रियताका कारण उनको एउटा फिल्म छ र यसको सुटिङ अब १२ फेब्रुअरीबाट दिल्लीको इन्डिया गेटबाट हुनेवाला थियो ।

तर, त्यहाँ सुटिङको अनुमति नपाएपछि फिल्मको छायांकन अहिलेका लागि स्थगित गरिएको छ । यति मात्र होइन, फिल्मसँगै धेरै ब्रान्ड पनि उनको नजिक रहन थालेका छन् । हो, हामी हामी कैला आँखा भएकी महाकुम्भकी भाइरल मोनालिसाको कुरा गर्दैछौं । महाकुम्भको भाइरल गर्ल मोनालिसाले यस्तै एउटा ब्रान्डलाई बचन दिएकी छन ।

मोनालिसाको फिल्मको प्रमोशन हेरिरहेका टोलीले एउटा ठूलो ज्वेलरी ब्रान्डले सम्पर्क गरेको बताएको छ । यसका लागि उनलाई १५ लाख रुपैयाँ पनि दिइँदैछ । यस सम्झौता अन्तर्गत मोनालिसा पनि १४ फेब्रुअरीमा यस ब्रान्डको एक कार्यक्रममा सहभागी हुन केरला जादैँ छिन् । यसरी महाकुम्भकी भाइरल गर्लले अर्को ठूलो प्रोजेक्ट हात पारेकी छिन् ।

महाकुम्भबाट फर्किएपछि मोनालिसा युट्युबमा पनि सक्रिय भएकी छिन् र त्यहाँ भिडियो बनाइरहेकी छिन्, जसलाई निकै रुचाइएको छ । मोनालिसाको डेब्यु फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । मोनालिसाको यो फिल्मलाई सनोज मिश्रले निर्देशन गर्दैछन्, जसले उनलाई आफ्नो गाउँ पुगेपछि फिल्म ‘डायरी अफ मणिपुर’ का लागि साइन गराएका हुन्। चलचित्रमा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । मोनालिसाले फिल्मका लागि करिब २१ लाख पारिश्रमिक लिएको बताइएको छ । उनलाई हस्ताक्षर रकम १ लाख दिइएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।