२०८१ चैत्र २ गते शनिबार
२०८१ चैत्र २ गते शनिबार

हुम्लाकी रावलको सांसद शर्माले केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा सांसद डा.सुनिल शर्माले देबिसरा रावलको मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन् ।

हुम्ला जिल्लाको अत्यन्तै दुर्गम गाउँकी रावललाई केएमसीमा ल्याएर निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने भएका हुन् । हुम्ला जिल्लाका सांसद तथा माओवादी केन्द्रका नेता छिरिङ डम्डुल लामा र बिरामीका श्रीमान् हर्क बहादुर रावलले डा.शर्मासँग भेट गरेपछि उनले निःशुल्क उपचार गरिदिने प्रतिबद्धता जनाएका हुन् । साथै, शर्माले बिरामीको औषधि खर्चका लागि एक लाख रुपैयाँसम्म सहयोग गर्ने पनि बताए ।

देबिसरा रावलको निवास थानकोटबाट उनलाई एम्बुलेन्सबाट उपचारको प्रक्रिया सुरु गरिएका केएमसीले जानकारी दिएको छ । बिरामीका श्रीमान् हर्क बहादुर रावलले डा.शर्माले गर्दा आफ्नो श्रीमती नयाँ जीवन पाउँन लागेको बताउँदै खुसी व्यक्त गरे ।

‘आर्थिक अवस्थाले निकै कमजोर हाम्रो परिवारले यति धेरै खर्च गरेर उपचार गर्न सक्ने अवस्था थिएन, उपचार लागि धेरै प्रयास भए तर, थप उपचार गर्न सकिएन, शर्माको यो सहयोगले उपचार हुँदा निकै खुसी छौं,’ उनले भने ।

यस्तै, सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य शिविरमा सम्भव नभएका बिरामीहरूको लागि उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।

शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिनको व्यवस्था गरिएको पनि बताइएको छ । केएमसीमा पनि आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको निःशुल्क उपचार गर्दै आएका छन् ।

सांसद शर्माको यो समाजसेवी पहलले धेरै नेपालीहरूलाई स्वास्थ्य सेवामा पहुँच पु-याउन ठूलो योगदान पु-याउने विश्वास गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।