काठमाडौँ । कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका थप १ जनाको मृत्यु भएको छ ।
काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा गएराति पौने १२ बजे मृत्यु भएको हो । उनीसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको काठमाडौँ जिल्ला परिसरले जनाएको छ ।
उक्त ग्यास विस्फोटमा परी १४ जना घाइते भएका थिए । त्यसमा गम्भीर घाइते भएका ११ जनालाई कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । जसमा ४ जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ ।