२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

उनी आफ्नो घर दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।