काठमाडौं । कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १० जनालाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ । र, उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।