गुर्जुधारामा सडक दुर्घटना,१ को मृत्यु ९ घाईते ।

0
897

चैत, ४ काठमाडौं । थानकोट-कलंकी सडकखण्डको गुर्जुधारामा ठूलो दुर्घटना भएको छ । प्रहरीका अनुसार कलंकीतर्फ आउँदै गरेको ट्रकले ट्याक्सी, मोटरसाइकलसहितका सवारीलाई ठक्कर दिएको छ । ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको थियो ।

थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीका अनुसार काठ बोकेर आएको ना ३ ख ९७७३ नम्बरको ट्रकले सडकमा रहेका स्कुटर, मोटरसाइकल, वान टन ट्रक र ट्याक्सीलाई एकसाथ हानेको छ ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । थप ९ जना घाइते भएको बताइएको छ ।

ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रकले सुरुमा विजुलीको पोलमा हानेको र त्यसपछि सँगै रहेको स्कुटर, बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो ।

ट्रककै ठक्करबाट ट्याक्सी पछाडि रहेको मोटरसाइकलमा पनि क्षति पुगेको डीएसपी पंगेनीले बताए ।

ट्रकको ठक्करबाट वान टन ट्रकका चालकसहित चार जना घाइते भएका छन् । त्यस्तै ट्याक्सीका चालक पनि गम्भीर घाइते भएको डीएसपी पंगेनीले बताए । अन्य दुई जना सामान्य घाइते छन् ।

उनीहरुको वयोधा र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक फरार छन् भने केहीबेरअवरुद्ध भएको सवारी आवागमन सुचारु भइसकेको छ ।