२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

शुक्रबार बिहानको भूकम्पले ६ जना घाइते, प्रहरी कार्यालयसहित ६ घरमा क्षति

काठमाडौ – शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भई गएको भूकम्पले ६ जना सामान्य घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा भागदौड गर्दा केही घाइते भएका हुन्। 

भूकम्पमा एक घर भत्किएको र तीन जना बिस्थापित भएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयसहित अन्य पाँच वटा घरमा आंक्षिक क्षति पुगेको छ । ‘६ जना सामान्य घाइते भएका छन्,’ प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने,‘सिन्धुपाल्चोकमा प्रहरीको एक अस्थायी कार्यालयमा पनि सामान्य क्षति  पुगेको छ ।’ 

बिहान २ः ५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस भएको थियो। 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।