२०८३ असार ११ गते बिहीबार
२०८३ असार ११ गते बिहीबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेरि एक स्टाटस लेखेका छन् ।

शुक्रबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन् । उनले आफूहरु मदन भण्डारीको सपना पुरा गर्न लागेको उल्लेख गर्दै आफूलाई हराउने ताकमा देशलाई नडुबाउन सुझाव दिएका छन् ।

उनले लेखेको छन्, ‘ प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’

 

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

काठमाडौँ – सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए।

घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन्।

थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ। आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पूर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ । आज (शुक्रबार) त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो ।

चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।

त्रिविले जारी गरेको १३ बुँदे निर्देशन
१) क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ । साथै विशेष आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सकिनेछ ।
२) संघ संगठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढांचा लगायत आवश्यक फारमहरू क्याम्पस÷कलेजको निर्वाचन समितिले तयार गर्नेछ ।
३) स्ववियु निर्वाचनमा प्रत्यक्ष तर्फ भाग लिने ‘समूह’ भन्नाले मतदाता सुचीमा नाम भएका विद्यार्थीहरू मध्येबाट एक जना संयोजक सहित कम्तीमा ११ जना सदस्य रहेको ‘समूह’ बनाउनु पर्नेछ र उक्त समूहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्ने छ ।
४) क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत वा निर्वाचन समितिको सदस्य सचिव रहने व्यवस्थाको रूपमा स्पष्ट गरिएको छ । क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरु मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्ने छन् ।
५) क्याम्पस कलेजमा स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेस्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
६) क्याम्पस÷ कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।
७) क्याम्पस कलेजमा स्नातक तह वार्षिक र सेमेस्टर प्रणाली अन्तर्गत दोस्रो, तेस्रो सेमेस्टर र वर्षमा भर्नाको सन्दर्भमा ५ दिन अगाडि सम्मको भर्ना तोकिएकोमा उक्त दिन सार्वजनिक बिदा परेमा क्याम्पस÷ कलेज खुलेको दिनलाई बुझ्नु पर्दछ ।

८) डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०५१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बीचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरू सोही वर्ष र सेमेष्टरका मतदाताको रूपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेस्टरको क्याम्पस परिचय पत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिनेछ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरूलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था रहने छैन ।
९) त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधि सम्बन्धी व्यवस्थाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुँदा (घ) आकर्षित हुनेछ ।
१०) त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यालयको मंत्राधिकार कुनै एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाको लागि मात्र हुनेछ ।
११) वार्षिक÷ सेमेस्टर प्रणाली अन्तर्गत अन्तिम वर्ष सेमेस्टरमा यदि सैद्धान्तिक विषय नभएको अवस्थामा उक्त वार्षिक÷ सेमेस्टरको अवधि साधारणतया एक वर्ष र छ महिनाको हुने भएकोले अन्तिम वर्ष सेमेस्टर भन्नाले उक्त वर्ष सेमेस्टर भन्दा अघिल्लो वर्ष सेमेस्टरको परीक्षा सकिएको दिनदेखि एक वर्ष छ महिनाको अवधिसम्म मात्र मताधिकार रहने छ । एक वर्ष छ महिनाको समयाबधि पुगेका पूर्ण वा आंशिक तलबी इन्टर्नमा रहेका विद्यार्थीहरूको मताधिकार रहने छैन ।
१२) निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बर बुँदाको कार्यक्रम यथावत् हुने गरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्नेछ ।
१३) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दिन क्याम्पस÷ कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पूर्ण रूपमा निषेध गरिएको छ ।

 
 
 
 
 
 
 

मकवानपुर । मकवानपुरमा चोर भनेर बाबु–आमाले प्रतिकार गर्दा आफ्नै छोराको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका–३ अदुवावारीस्थित ६४ वर्षीय मिनबहादुर भ्लोन र ६३ वर्षीया देवीमायाले चोर भनेर प्रतिकार गर्दा ३९ वर्षीय छोरा भरत भ्लोनको ज्यान गएको हो ।

बिहीबार बेलुका ८ बजेतिर मिनबहादुर र देवीमाया खाना खाने तयारी गर्दै थिए । सोही बेला मुखमा मास्क लगाएका एक युवक छिरेर भ्लोन दम्पतीलाई खुर्सानीको धुलो आँखामा फालिदिए । खुर्सानीको धुलो फालेपछि दम्पतीलाई पनि चोर आएको शंका भएपछि उनीहरु पनि प्रतिकारमा उत्रिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार दम्पतीले भान्सामा जे–जे भेटिन्छ त्यहीले ‘चोर’ माथि प्रहार गरे । अन्धाधुन्ध आक्रमण भएपछि मास्कधारी व्यक्ति पनि बुढाबुढीमाथि जाइलागे । दुई पक्षबीच हानाहान भयो । अन्ततः दम्पतीले चोरलाई नियन्त्रणमा लिई बाँधेर प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा चोर भनिएका व्यक्ति रक्ताम्य अवस्थामा थिए, टाउकोबाट रगत बगिरहेको थियो । मिनबहादुरको हात, मुख र टाउकोमा चोट देखिएको थियो। देवीमायाको आँखा र हातमा चोट लागेको थियो ।

‘प्रहरीले त्यसपछि तीनै जनालाई गाडीमा हालेर हेटौंडा अस्पतालमा ल्यायौं,’ डीएसपी अर्यालले सुनाए, ‘हेटौंडा अस्पतालबाट थप उपचारका लागि चोर भनिएको व्यक्तिलाई राति नै चितवनस्थित भरतपुर अस्पताल रिफर गरियो ।’ उपचारको क्रममा भरथको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हेटौंडा अस्पतालमा उपचार गराइरहेका भ्लोन दम्पतीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । शुक्रबार बिहान थप अनुसन्धान गर्न भ्लोनको घरमा पुगेको प्रहरी टोलीले घरबाहिर एउटा झोला फालेको अवस्थामा फेला पारेको थियो । उक्त झोलाभित्र पासपोर्ट फेला भेटियो । जुन पासपोर्ट भ्लोन दम्पतीकै छोरा भरतको थियो । ३९ वर्षीय भरत भ्लोन दुई वर्षदेखि घर फर्किएका थिएनन् । बिहीबार राति आएका व्यक्ति छोरा नै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जेठो छोरा भरत मास्क लगाएर आएको हुँदा नचिनेको आमा देवीमायाले प्रहरीलाई बताएकी छन् । भरत घरमा चोरी नै गर्न आएका थिए कि थिएनन् भन्नेबारे एकिन भने भइसकेको छैन । प्रहरीले यसबारे पनि अनुसन्धान अघि बढाएको छ । 

हमास समूहद्वारा कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निराशाजनक प्रतिक्रिया दिएकी छिन्।

देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औं उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताइन् ।

हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम् कूटनीतिक पहल गरेको उनको भनाइ छ ।

उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको बताइन् । मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालको प्रतिबद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् । उनले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन् ।

काठमाडौ – शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भई गएको भूकम्पले ६ जना सामान्य घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा भागदौड गर्दा केही घाइते भएका हुन्। 

भूकम्पमा एक घर भत्किएको र तीन जना बिस्थापित भएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयसहित अन्य पाँच वटा घरमा आंक्षिक क्षति पुगेको छ । ‘६ जना सामान्य घाइते भएका छन्,’ प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने,‘सिन्धुपाल्चोकमा प्रहरीको एक अस्थायी कार्यालयमा पनि सामान्य क्षति  पुगेको छ ।’ 

बिहान २ः ५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस भएको थियो। 

काठमाडौँ। नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन् ।

सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहेकी थिइन्। उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन् । 

श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ६८ हजार १०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

दोलखा । दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक कामदार मृत भेटिएका छन्।

मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर छन् । हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कविहीन थिए । खोजतलास गर्ने क्रममा उनको शव बिहीबार साँझ सवा ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ । उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भीरमा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।