२०८२ असार ३१ गते मंगलवार
२०८२ असार ३१ गते मंगलवार

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी दिँदै आज देशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। यद्यपि, अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

बिहान देशभर मौसम मुख्यतया सफा रहनेछ भने दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ। विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भाेलि मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा एकदुई स्थानमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ।

बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहने विभागले पूर्वानुमान गरेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा यात्रा गर्ने व्यक्तिहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ किनकि त्यहाँ हल्का हिमपातको सम्भावना रहेको छ।

विभागकाअनुसार हाल नेपालमा कुनै पनि महत्वपूर्ण मौसम प्रणालीको प्रभाव छैन।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।