२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीको आक्रमणबाट ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो । 

महतो खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल रत्ननगर–७ मा बस्दै आएका थिए । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हात्तीले रातिको समयमा आक्रमण गरेको हो । महतोको शव शनिबार बिहान फेला परेको थापाले जानकारी दिएका छन् । 

यसअघि पनि सोही हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको थियो । दुई जनाको ज्यान लिइसकेको यो हात्तीको कारण स्थानीय बासिन्दा त्रासमा छन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउने घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा उपाय कडा बनाउनु पर्ने माग गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली हात्तीको आतंक बढ्दै गएको छ ।  निकुञ्ज प्रशासनले गोविन्दे हात्तीको गतिविधि निगरानी गरिरहेको जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।