ए सि जडान गर्ने क्रममा धादिङका एक मजदुरको मृत्यु ।

0
2619

 

मंसिर १२ काठमाण्डौं । ए सि जडान गर्ने क्रममा घरको एक तल्ला माथिबाट खसेर एक जनाको ज्यान मजदुरको गएको छ । धादिङ जिल्ला ज्वालामुखि गाउँ पालिका वडा नं. ४ ढोला घर भई हाल बालाजु स्थित ओरविट इन्टरनेसनलमा कार्यरत ३२ बर्षिय प्रेम नारायण श्रेष्ठको ज्यान गएको हो । ललतिपुर स्थित भनिमण्डलमा रहेको राजुबाबु श्रेष्ठको घरमा ए सि जडान गर्ने क्रममा सोमबार एकतलामाथि बाट खस्दा गम्भिर घाईते भएका श्रेष्ठको उपचारका क्रममा जावलाखेल स्थित अल्का अस्पतालमा ज्यान गएको हो । उनको ज्यान गए सँगै उनका बाबु लुर्क नारायाण श्रेष्ठले महानगरिय प्रहरी परिसर ललितपुरमा जाहेरी दरखास्त समेत दर्ता गराएका छन् । परिवारजनले छोराको ज्यान कम्पनीको लापरवाहीले गएको भन्दै उचित क्षतिपुर्तिको माग समेत गरेका छन् । बिगत ७ बर्ष देखि कार्यरत कम्पनी ओरविट इन्टरनेसनलले भने उनको निधन भएको प्रति जिम्मेवारी समेत लिएको छैन । श्रेष्ठको निधनका बिषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।