२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

गरिब जनतालाई विद्युत सेवा शुल्कमा ५० प्रतिशत छुट

नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

मंगलवार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।

नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

त्यस्तै, २० युनिटसम्म विद्युत उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णय भएको शाक्यले जानकारी दिए ।

हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।