तीन वर्षपछि उद्योग वाणिज्य महासंघको नेतृत्व गोल्छाको हातमा

0
477
Shekhar Golchha

काठमाडौं, २० चैत । आगामी तीन वर्षपछि शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्ने भएका छन् । महासंघको ५१ औं साधारणसभाबाट गोल्छा बरिष्ठ उपाध्यक्षमा निर्वा्चित भएपछि गोल्छाले तीन वर्षपछि नेतृत्व सम्हाल्न पाउने भएका छन् । संशोधित विधानअनुसार बरिष्ठ उपाध्यक्षमा निर्वा्चित हुनेले अघिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुन पाउनेछन् ।

मंगलबार भएको चुनावबाट गोल्छाले किशोर प्रधानलाई पराजित गर्दै बष्ठि उपाध्यक्षमा निर्वा्चित भएका हुन् । यसअघि घोषित मतपरिणामअनुसार जिल्ला नगर समूहका उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । उनले ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दिलिप श्रेष्ठले ४७ मत पाएका थिए ।

त्यस्तै, वस्तुगततर्फका उपाध्यक्षामा गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी शंकर पाण्डेको ४३ मत पाएका थिए ।