२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

तीनकुने घटना : २० जनालाई गोली लाग्यो, १३ जनाको उपचार जारी

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन ५८ राउण्ड गोली चलाइएको र २० जना घाइते भएको प्रहरीले बताएको छ । प्रहरीको गोली लागेर कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । तीनकुने नजिकै गोली लागेका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । उनको कुम नजिकै गोली लागेको अस्पतालले जानकारी दिएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुने घटनामा प्रहरीको गोली लागेर घाइते भएका २० जनामध्ये ७ जना डिस्चार्ज भइसकेको बताए । १३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।गोली लागेकामध्ये १८ जना पुरूष र २ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ । केन्द्रीय प्रहरी प्रवक्ताका अनुसार तीनकुने घटना नियन्त्रणमा लिन ७४६ सेल अश्रुग्यास प्रहार गरिएको थियो ।

१९८ राउन्ड ब्ल्यांक राउण्ड (गोली नभएको आवाजमात्रै निकाल्ने) चलाइएको थियो । त्यस्तै पेस्तोलबाट दुई राउन्ड गोली चलाइएको पनि प्रहरीले जानकारी दिएको छ । चैत १५ गते दुर्गा प्रसाईं जनकमाण्डर रहेको राजसंस्था पुनस्र्थापनाका लागि भन्दै भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । तीनकुनेमा आगजनी भएको घरमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए । उनको जलेर मृत्यु भएको पोस्टमर्टमले देखाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।