मेसेडोनियामासंसद भवनभित्र सांसदमाथि आक्रमण

0
411

एजेन्सी, १५ बैशाख । मेसेडोनियामा प्रदर्शनकारीको एक समूहले संसद भवनमै प्रवेश गरेर सांसदहरुमाथि आक्रमण गरेको छ । त्यहाँको सभामुखमा एक अल्बेनियाली जातीय नेता निर्वाचित भएपछि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले संसद भवनमै प्रवेश गरी सांसदहरुमाथि हातपात गरेका छन् ।

प्रदर्शनकारीको कुटाइबाट सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका करिब एक दर्जन सांसद घाइते भएका छन् । पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको ‘भिएम आर ओ’ पार्टीका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले नयाँ चुनावको माग गरेका छन् ।