निलकण्ठ नगरपालिकाको मेयरमा भिम ढुङ्गाना पक्का !

0
513

बैशाख २२ धादिङ । बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट युवा नेता भिम प्रसाद ढुङ्गाना उम्मेद्वार बनेका छन् । स्थानिय जनताको दैनिक समस्या समाधानमा लामो समय देखि सक्रिय रहंदै आएका ढुङ्गाना प्रति स्थानियको धेरै आशा रहेको छ । अर्को तर्फ एमालेबाट मेयरको टिकट पाएका अर्जुन गोर्खालीको सामाजिक छवि राम्रो नभएकाले ढुङ्गानाको जित सुनिश्चित भएको भन्दै एमाले समर्थकहरु समेत ढुङ्गानालाई मतदान गर्ने पक्षमा उभिएका छन् । लामो समय एमालेमा बिताएकाहरु समेत स्थानिय निर्वाचनमा ढुङ्गानालाई नै
मत दिने पक्षमा उभिएका छन् । भरखरै नगरपालिका बनेको भए पनि स्थानिय बिकासमा ढुङ्गाना जस्तै आंटिलो नेतृत्व चाहिएको नगरबासीको भनाईलाई नेपाली कांग्रेसले गरेको निर्णयले उनि सबैको साझा उमेद्वार जस्तै बनेका छन् । आम नगरवासीको नगरवासीको चाहना, लोकप्रियता, विकास निर्माणमा उनको सकृयता, आफ्नो अर्काको नभनी सबै जनताको काममा अहोरात्र खटिने पात्रको रुपमा उनको परिचय बनेको छ । त्यसैले अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत उनको कार्यशैली र इमान्दारीतामा औला उठाउने मौका पाएका छैनन् ।साविकको निलकण्ठ, सांकोस, मुरलीभञ्ज्याङ्ग सुनौलावजार मिलेर बनेको निलकण्ठ नगरपालिकामा पछिल्लो स्थानीय तह पुर्नसंरचना अन्तर्गत ज्यामरुङ, धुँवाकोट र खाल्टे गाविस समेत गाभिएको छ । यसरी हेर्दा निलकण्ठ नगरपालिका भएतापनि यहाँ निकै नै विकट ठाउँ र वस्तीहरु समेत रहेको छ । जहाँ अहिले सम्म मोटरबाटो, खानेपानी विद्यालय लगायतको राम्रो व्यवस्था हुन सकेको छैन । ढुङ्गानाले ५ बर्ष भित्र नीलकण्ठ नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने एजेण्डा सहित घर दैलो कार्यक्रममा लागेका छन् ।
जनताले महशुस गर्ने विकास निर्माणको अभियान भनेको भौतिक विकास नै हो यसका लागि आफुले आगामी पाँच बर्ष भित्र गर्न सकिने योजनाको खाका तयार पारेको बताउंछन् । आफु मेयरमा निर्वाचित भए पछि नगर क्षेत्रलाई देशकै नमुना नगरपालिका बनाउने महत्वकांक्षी योजना बनाएका ढुङ्गाना नेपाली काँग्रेसको अन्तरघातबा बच्न सके मेयर बन्ने नगरबासीको अनुमान छ । बिगतमा पार्टी भित्र स्थापित भएका दुई गुटको बिबादले कम्जोर बनेको देउवा समुहमा लागेका ढुङ्गानाले टिकट पाउनै मुस्किल हुने अनुमान भैरहंदा बुढानिलकण्ठको आज्ञाले टिकट पाएका हुन तर कोइराला पक्षको भित्री साथ नपाए उनको सम्भावना कम्जोर हुन सक्ने स्थानियले नै बिश्लेषण गरेका छन् ।