२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

मिश्र र प्रसाईसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

रवीन्द मिश्रसँगै दुर्गा प्रसाईको पनि पाँच दिन म्याद थपिएको छ । राजसंस्था पुनस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईमाथि पनि यही कसुरमा म्याद थप भएको हो । यसअघि अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौं पटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो । अहिले तीनकुने घटनामा ५६ जना प्रहरीको हिरासतमा छन्। जसमध्ये २५ जनामाथि राज्यविरूद्धको कसुरमा र अन्य बाँकीविरूद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको छ । प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।