२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

१८ हजार विदेशीलाई निकाल्ने पोर्चुगलको तयारी, नेपालीहरुलाई पर्ला असर ?

काठमाडौं । पोर्चुगलले अनुमति बिना बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने तयारी गरेको छ। पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको एक मन्त्रीले शनिबार बताएको समाचार संस्था एपीले बनाएका छन् । सरकारका एक मन्त्री एन्टोनियो लिताओ अमारोले लगभग १८ हजार गैरकानुनी रुपमा बसिरहेका विदेशीहरुलाई सरकारले देश छाड्न सूचना दिने बताए ।

उनका अनुसार आउँदो हप्ताबाट यो प्रक्रिया सुरु गरिने र पहिलो चरणमा करिब ४५ हजार जनालाई २० दिन भित्र देश छोड्न भनिने बताइएको छ । पोर्चुगलमा आउँदो मे १८ मा आम चुनाव हुँदैछ । त्यहाँका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले संसदमा बहुमत गुमाएपछि राजीनामा दिएर आमचुनाव घोषणा गरेका थिए ।

पछिला दिनमा युरोपमा झँङ्गिदै गइरहेको लोकप्रियतावाद र राष्ट्रवादको आँधीले पोर्चुगलमा प्रभाव पार्न थालेको र त्यहाँको एक उग्रदक्षिणपन्थी पार्टीले गत वर्षको चुनावमा मत बढाएर तेस्रो स्थान प्राप्त गरेको थियो । पोर्चुगल सरकारको यो निर्णयले नेपालीहरुलाई पनि असर पार्न सक्छ किनभने पोर्चुगलमा धेरै नेपालीहरुको बसोबास रहेको छ । सेन्जेन न्युजले सन् २०२१ मा सम्प्रेषण गरेको समाचारमा लगभग ७० हजार नेपालीहरुको बसोबास त्यहाँ रहेको बताएको थियो । अहिले यो संख्या अझ धेरै बढेको हुन सक्ने अनुमान गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।