गोरखामा भेटिएको १४ वटा सकेट बम नेपाली सेनाको टोलीद्धारा डिस्पोज

0
452

गोरखा, २५ बैशाख । गोरखाको सुलिकोट गाउँपालिका–३ स्वाँराथलाको जंगलमा भेटिएको सकेट बम डिस्पोज गरिएको छ ।

जंगलको ओडारमुनी बोरा भित्र खिया लागेको अवस्थामा भेटिएको १४ वटा सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

सोमवार बिहान भेटिएको बम साँझ चार बजे रणसिं दल गणको नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बीरेन्द्र थापाले बताए ।