२०८३ असार ४ गते बिहीबार
२०८३ असार ४ गते बिहीबार

जडीबुटी–पेप्सीकोला सडक दायाँ–बायाँ १५ मिटरभित्रका संरचना हटाउन ‘अल्टिमेटम’

काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने भएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ । सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५-१५ मिटर सडकको सीमा कायम भएको छ।

यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्ककन गरेर चिह्न समेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ । उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास विना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ । तोकिएको अवधिमा नहटाए कानुन अनुसार कारबाही हुने समेत जनाइएको छ ।

हेर्नुस् सूचना

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।