२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

राजावादीलाई सरकारको चेतावनी- छुटलाई कमजोरी नठान्नूू, सधैं टुलुटुलु हेरेर बस्दैनौँ

काठमाडौं । सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले संविधान विरोधी गतिविधि गरिरहेको समेत बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधानले नै राजतन्त्रको पक्षमा लाग्ने, मुलुक विखण्डनतिर लाने कुरा संविधान विरोधी भनेको बताए । उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी हो । त्यसैले उहाँहरूले संविधानभित्र रहेर गतिविधि गर्नुपर्छ । अहिले जसरी संविधान विरोधी क्रियाकलाप बढिरहेको छ, हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिँदै राजा ल्याउने प्रयास भइरहेको छ ।’

जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको रूपमा सरकारले भव्य रूपमा मनाउन लागेको बताए। उनले भने, ‘त्यो दिनमा गणतन्त्रविरुद्ध राजावादीहरूले चुनौती दिने फेरि प्रयास गरेका छन्, हामीले उहाँहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिएका छौं । त्यो हाम्रो कमजोरी होइन, हामी डराएका होइन । उदारतापूर्वक अभ्यास गरौं भनेर छाडेका हौं । तर सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । प्रतिवाद हुन्छ। त्यो गतिविधिले कस्तो रूप लिन्छ त्यही अनुसार सरकारले प्रतिवाद गर्छ ।’ उनले राजावादीहरूको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म नलगाएको बताएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।