२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

रास्वपाले गर्‍यो सुमना र अनिलकेशरीको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ । आज (आइतबार) बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने बताउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी अहिले प्रतिनिधिसभा सदस्य हुन् । यस्तै शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेर नेतृत्व विकासका लागि काम गर्ने सोचे पनि पार्टीले त्यसप्रति प्राथमिकता नदिएकाले राजीनामा दिएको बताएका छन् ।

रास्वपा प्रवेश गरेर छोटो समयमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्व बैंकर शाह पार्टीको विभागको जिम्मेवारीबाट अलग हुने जानकारी केही दिनअघि दिएका थिए । प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।