२०८३ बैशाख ६ गते आईतवार
२०८३ बैशाख ६ गते आईतवार

प्रधानमन्त्री ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले लिदैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीको पदाधिकारी बैठकपछि मिडियासँग कुराकानी गर्दै कांग्रेसले प्रधानमन्त्री ओलीका सबै अभिव्यक्तिको जिम्मेवारी नलिने बताएका हुन् ।

उनले जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनका विषयमा प्रवक्ता महतले कांग्रेस संबिधानको रक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो कब्जाको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।

उनले संबिधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संबिधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।

उनले भने-प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ । सबै उहाँले भनेका कुराको जिम्मेवारी हामीले लिने कुरा पनि भएन । हामी कब्जा सब्जाको पक्षमा छैनौं । हामी समग्रमा संबिधानको प्रतिरक्षाको पक्षमा छौं । संबिधानले दिएका अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ, त्यो शान्तिपूर्ण रुपमा राख्नुपर्छ । तर संबिधानकै खिलापमा जान्छौं भन्ने कुरा ठिक होइन भन्नेमा विश्वस्त छौं ।’

कांग्रेसको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषी नभएको निष्कर्ष निकालेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।