२०८२ फाल्गुन २४ गते आईतवार
२०८२ फाल्गुन २४ गते आईतवार

शेखर–गगनबीच ११ महिनापछि भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । विगत ११ महिनादेखि संवादमा नरहेका नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आज भेटवार्ता भएको छ । पार्टीको १४ औं महाधिवेशनमा एउटै समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई नेताबीच लामो समयसम्म संवाद भएको थिएन।

भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकको बारेमा एउटै अभिब्यक्ति दिएका कोइराला र थापाले आज भेटवार्ता गरेका हुन् । गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएका कारण डा. कोइरालालाई कांग्रेस पदाधिकारी बैठकमै स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको थियो । काग्रेस नेता शशांक कोइरालाले शेखरलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका थिए । त्यसपश्चात कांग्रेसका महामन्त्री थापाले ढिलै भएपनि गृहमन्त्रीको बारेमा मुख खोलेका थिए। दुबै नेतामाथि संवाद गर्न नेता–कार्यकर्ताहरूको दबाब थियो।

उक्त भेटमा केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम र राजीव कोइराला सहभागी भएपनि काइराला र थापाबीच केहीबेर एक्ला–एक्लै (वान टु वान) वार्ता भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले अनुशासन समितिको बैठक बोलाएपछि त्यसअघि कोइराला र थापाबीच भेटवार्ता भएको हो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।