काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकार राजावादीहरूसँग डराएको बताएका छन् ।
शनिवार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक दिनअघिसम्म निषेधित क्षेत्र नरहेको स्थानलाई राजसंस्था पक्षधरहरूको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको देखिएको बताए ।

दुई दिन गरेको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको जिकिर उनले गरे। गणतन्त्र झन कमजोर हुँदै गएको प्रमाणित भएको दाबी पनि उनले गरे।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रवार (जेठ १६ गते) आदेश जारी गरी नारायणहिटी दरबारआसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ । शनिवारको बैठकमा आन्दोलन उत्साहप्रद रहको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी पअध्यक्ष लिङ्देलने दिए ।
उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालन हुने निर्णय पनि बैठकले गरेको बताए । राजावादीले काठमाडौँमा जेठ १५ र १६ गते लगातार दुई दिन प्रदर्शन गरेका थिए ।