२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

सांसद सुवालले भने- जनतालाई ऋण बोकाएर भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छ

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा सांसद सुवालले सबै भ्रष्टाचार गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने तर्क गरेका हुन् ।

‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने,’ उनले भने, ‘सार्वजनिक ऋण २७ खर्ब पुर्‍याएर, नेपालीलाई ऋण बोकाएर घ्यु भात खाने कोको हुन् रु सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ ।’

सांसद सुवालले सबै ठूला भ्रष्टाचारका प्रकरणहरूमा जोडिएकालाई नाङ्गेझार बनाउनुपर्ने बताए । ‘गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भुटानी शरणार्थी, जहाँ जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ । भ्रष्टाचार जहाँ निर्णय भए पनि कारबाही हुनुपर्छ,’ उनले भने ।

सांसद सुवालले भ्रष्टाचारीलाई कुनै हालतमा छोड्न नहुने बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।