काठमाडौं । त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघका दिपाल कार्की पक्राउ परेका छन्। कार्कीलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
१४ जेठमा २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको थियो। सो समूहमा नेविसंघमा आबद्ध विद्यार्थी थिए। उनीहरूले स्नातक तहमा भर्नाको समय थप गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो।