२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट सार्वजनिक गर्दैछन्। संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ।

संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारण अनुरूप ती स्रोतमा आधारित भएर सात वटै प्रदेशका अर्थमन्त्रीहरूले प्रदेश सभामा बजेट पेश गर्नेछन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बागमतीले आर्थिक वर्ष २०८१ / ८२ मा ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो।

यस्तै, मधेश प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो। कोशीले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकीले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस्तै, सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएको थियो भने कर्णाली प्रदेशले ३१ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।