उद्यम सँगसँगै शान्ति खोज्दै, नेपाल–जापान उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष विजय बज्राचार्य !

0
640

काठमाडौ असार २२ । उद्योगी व्यावसायीले उद्यम मात्रै गर्नुपर्छ भन्ने छैन । उनिहरुले चाहेमा देश र समाजमा महत्वपूर्ण योगदान पु¥याउन सक्छन् ।जसको एउटा उदाहरुण हुन् नेपाल–जापान उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष विजय बज्राचार्य । नेपाल–जापान उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष विजय बज्राचार्यले विश्व शान्ति अभियान सुरु गरेका छन् । उक्त अभियानअन्तर्गत उनले भगवान् गौतम बुद्धको प्रतिमा प्रतिस्थापनसहित नेपालका विभिन्न स्थानमा शान्तिवन सञ्चालनमा ल्याएका छन् । २०५९ मा काठमाडौंको गोदावरीमा २४ फिट अग्लो बुद्धको प्रतिमा प्रतिस्थापन गरी यो अभियानको सुरुवात गरेका वज्राचार्यले २०६२ सालमा लुम्विनीमा र त्यसपछि धुलिखेलमा पनि शान्ति वन सञ्चालनमा ल्याएका छन् । उनले विश्वशान्तिका लागि नेपालका साथै विभिन्न मुलुकमा गरी १०८ वटा शान्ति वन स्थापना गर्ने लक्ष्य रहेको बताए । अत्याधुनिक सुविधासहितको शान्ति वनमा ध्यान शिविर, शान्ति र मानवीय आवश्यकता सेवा सुविधाहरू उपलब्ध रहेका छन् । मानवीय शान्ति प्राप्त भएमा मानिस एक सयवर्षभन्दा बढी बाँच्न सक्ने उनले बताएका छन् । शान्ति, भोजन र कर्मबाटमात्रै मानिसहरूमा सकारात्मक सोचको विकास हुनसक्ने उनको भनाइ छ । शान्ति वनमार्फत विश्वभरी नै नेपाली कला संस्कृतिका साथै पर्यटन प्रवद्र्धनसमेतमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भगवान गौतम बुद्धको जन्मस्थान नेपालबाट विश्व शान्तिको सन्देश प्रभावकारी रुपमा फैलाउन र शान्तिका लागि अभियानको रुपमा शान्तिवन स्थापना गरिएको उनको भनाइ छ । त्यस्तै, मानिसको भोको पेटले शान्ति सोच्न नसक्ने भएकोले सामुहिक पहलबाट भोक हटाइ १ सय २० वर्षसम्म बाँच्न सक्ने बनाउनु शान्तिवनको लक्ष्य रहेको संस्थापक बज्रचार्यको भनाइ छ । मानिसले जन्मदेखि लिएको आएको आध्यात्मिक शक्तिलाई कसरी व्यवहारिक जिवनमा प्रयोग गर्ने भन्ने बारेमा पनि शान्तिवनले प्रशिक्षित गराउने उनले बताए । शान्तिवनले गत गोदावरीस्थित शान्तिवनमा भगवान बुद्धको प्रार्थना र दिप प्रज्वलन तथा शान्ति फैलाउने कार्यमा योगदान पु¥याउँदै आइरहेको छ ।