२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

सांसद चन्द्र भण्डारीको चिन्ता : देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लाश लैजान मान्छे छैन

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। आज (बिहीबार) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौं । युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ। युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ?,’ उनले भने, ‘हामी युवाविहीन हुँदैछौं। सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लाश लैजान मान्छे छैन।’

उनले देशको नेतृत्व गर्ने मान्छे एउटा कर्मचारीसँग डराउन नहुने बताए। ‘कोही कर्मचारी आउँछ, यो विधेयकमा यो कुरा ले नत्र हामी राजीनामा दिन्छौं भन्छ, थर्काउँछ । देशको नेतृत्व गर्ने मान्छे थरथर काम्छ,’ उनले भने। उनले नेताहरूले भाषण मात्रै गरिरहेको बताउँछन्। भाषण गरेर मात्रै देश नबन्ने उनले बताए । ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ?,’ उनले सोधे, ‘मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।’ उनले नेपालका नेताहरूको चिन्तन नै नपुगेको बताएका छन्। ‘अरु जहाँसुकै जाऊन्, आफू मात्रै बन्न खोज्ने प्रवृत्ति भयो । हामीकहाँ दृष्टिकोण नै पुगेन,’ उनले भने।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।