२०८३ जेष्ठ ४ गते सोमबार
२०८३ जेष्ठ ४ गते सोमबार

४० घण्टापछि दाउन्नेमा यातायात सञ्चालन

काठमाडौँ । बुटवल-नारायणगढ सडकखण्डको दाउन्नेमा ग्राभेल हालेर केही बेरअघिबाट यातायात सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयले दाउन्नेको दलदल हिलोमा ग्राभेल राखेर भर्खरै यातायात सञ्चालन गराइएको जानकारी दिएको छ ।

हिलोको दलदलमा फसेको सडकमा ग्राभेल राखेर सहज बनाएपछि गाडी गन्तव्यतर्फ हिँडेको प्रहरीले जानकारी दिएको छ । 

बिहीबार दिउँसोबाट दाउन्नेको विश्वकर्मा मन्दिरअगाडिको दलदल हिलोबाट गाडी निकाल्न ग्राभेल राख्न थालिएको थियो । वर्षा रोकिएकाले ग्राभेल हाल्न सजिलो भएको र ४० घण्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका हुन् ।

तत्कालका लागि दुम्कीवासदेखि पश्चिम खुर्सानी खोलासम्मको खण्डमा ग्राभेल हालेर यस वर्षामा जाम हुन नदिने गरी काम सुरु गर्न आयोजना प्रमुख चुडाराज ढकालसहितको बैठकले बिहीवार दिउँसो ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।