भारत पुगेको गैँडा नेपाल ल्याइयो

0
283

मंसिर ४, चितवन–चितवन राष्ट्रिय निकुञ्जबाट भारत पुगेको गैँडालाई उद्धार गरि पुनः चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको भारतको बाघ आरक्षण क्षेत्रको पिपरासीबाट एउटा पोथी गैँडा उद्धार गरि ल्याइएको हो ।
श्रावण अन्तिममा आएको बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका केही गैँडाहरु भारत पुगेका थिए ।
यस अघि पनि चितवन राष्ट्रिय निकुञ्जले ८ वटा गैडा भारतबाट उद्धार गरि ल्याएको थियो । बाढी पश्चात् नेपाल र भारतबाट गरी कूल १२ वटा गैँडाको उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत एवंम् पूर्वी सेक्टर सौराहाका प्रमुख अभिनय पाठकले जानकारी दिए ।

भारतबाट मात्रै हालसम्म ९ वटा गैँडाको उद्धार गरिएको र अझै एउटा गैँडा भारतमा हुनसक्ने अनुमान गरिएको छ । गैँडा उद्धारको लागि  चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना र प्राविधिक टोली भारत गएको थियो । भारतीय पक्षका सुरक्षाकर्मी र कर्मचारीको सहयोगमा गैँडाहरुको उद्धार गर्न सकिएको सहायक संरक्षण अधिकृत पाठकले बताए ।