२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालको बयान सुरु, बयानलगत्तै थुनछेक बहस

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचारसम्बन्धी मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन् । न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा उनको बयान लिने कार्य सुरु भएको छ ।

बुधबार बिहान करिब पौने ११ बजे आफ्ना कानुन व्यवसायीसहित अदालत परिसरमा पुगेका नेपालको मुद्दा इजलास नम्बर २ मा तोकिएको हो । आफैँ उपस्थित हुने भनी मंगलबार दिएको निवेदनका आधारमा अदालतले आजका लागि पेसी तोकेपछि उनी बयानका लागि हाजिर भएका हुन् ।

उनको बयान सकिएलगत्तै आजै थुनछेक बहस सुरु हुनेछ, जसले उनी थुनामा रहेर वा तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्धारण गर्नेछ । नेपालका तर्फबाट वरिष्ठ कानुन व्यवसायीहरूको टोलीले बहसको तयारी गरेको छ । उनीहरूले पूर्वप्रधानमन्त्रीको सामाजिक हैसियत, उमेर र अनुसन्धानमा प्रमाण नष्ट गर्न वा भाग्न सक्ने सम्भावना नरहेकाले साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्ने जनाइएको छ । अर्कातर्फ, पदको दुरुपयोग गरी नीतिगत निर्णयका नाममा भ्रष्टाचार गरेको गम्भीर आरोप लागेकाले निष्पक्ष अनुसन्धानका लागि उनलाई थुनामा राख्नुपर्ने तर्क सरकारी पक्षको हुनेछ ।

अख्तियारले गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरूविरुद्ध पतञ्जलि योगपीठलाई हेटौँडामा सरकारी जग्गा दिँदा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रधानमन्त्री भएकै बेला मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारी जग्गा सट्टापट्टामा भूमिका खेलेको अभियोग नेपालमाथि छ । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।