२०८२ आश्विन २९ गते बुधबार
२०८२ आश्विन २९ गते बुधबार

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।

विशेषले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान अदालतमा आफैँ उपस्थित भएका थिए ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

‘समितिमा आजबाट नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरेका छौं’, उनले भने, ‘७० सालपछि प्रहरी कानून बनाउँदै छौं । यो मेरो र गृहमन्त्रालयको प्राथमिकताको विषय हो । विधेयक टुंगो लगाउन जति समय छलफलका लागि भन्नु हुन्छ हामी तयार छौं ।’ उनले सशस्त्र प्रहरी बलको विधयेक पनि महत्वपूर्ण नै रहेको बताउँदै सो विधयेक पनि टुंगो लगाउन समितिसमक्ष आग्रह गरे । ‘गृह अन्तर्गत अरु पनि विधयेक पाइपलाइनमा छन्’, मन्त्री लेखकले भने, ‘यी विषयमा समितिका माननीयहरूले दिनु भएको प्राथमिकताका लागि धन्यवाद दिन चाहन्छु ।’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले राष्ट्र बैंकमा असार असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख छ ।

भैँसेपाटीमा रहेको घर ५ आना २ दाम क्षेत्रफलमा फैलिएको छ । यस्तै, गैंडाकोटको घर दुई कित्ता गरी ६ आना १ दाममा फैलिएको उनले उल्लेख गरेका छन् । दुवै घर उनको श्रीमती प्रतिभा शर्माको नाममा छ । सैंबुमा एक करोड ५५ लाखको जग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन् । घर र जग्गा पैतृक र स्वआर्जन भनेका छन् । उनले करिब ४५ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरेका छन् । शेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवद्र्धक शेयर रहेको छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता शेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता शेयर रहेको छ ।

९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको एक लाख ८६ हजार ८३४ कित्ता शेयर ग्लोबेको प्रा.लि.को रहेको छ । संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता शेयर पौडेलको नाममा रहेको छ । उनले श्रीमती शर्माको नाममा ग्लोबेको प्रा.लि.मा ३७ लाख ५० हजार रुपैयाँको ७५ हजार कित्ता शेयर रहेको विवरण पेस गरेका छन् ।

अन्य विभिन्न कम्पनीमा पनि शेयर रहेको उनले उल्लेख गरेका छन् । सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर पौडेलको नाममा रहेको छ । सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२, सानिमा बैंकको डलर खातामा चार हजार ४४६ डलर उनको श्रीमती शर्माको नाममा रहेको उल्लेख गरेका छन् । बैंक खातामा रहेको सबै रकम स्वआर्जन भनिएको छ । साथै, श्रीमतीको नाममा सुजुकी कम्पनीको एउटा कार पनि रहेको उनले उल्लेख गरेका छन् । कारको खरिद मूल्य ४४ लाख रुपैयाँ छ ।

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ । दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरेका छन् ।

चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष बढुवा पाएका थिए । उनले २०८० असोजमा बढुवा पाएका थिए । २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका ऐरी सात वर्षपछि सहायक हवल्दारमा बढुवा भएका थिए । त्यसको २ वर्ष नपुग्दै उनले पुलिसको जागिर छोडेका हुन् । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचारसम्बन्धी मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन् । न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा उनको बयान लिने कार्य सुरु भएको छ ।

बुधबार बिहान करिब पौने ११ बजे आफ्ना कानुन व्यवसायीसहित अदालत परिसरमा पुगेका नेपालको मुद्दा इजलास नम्बर २ मा तोकिएको हो । आफैँ उपस्थित हुने भनी मंगलबार दिएको निवेदनका आधारमा अदालतले आजका लागि पेसी तोकेपछि उनी बयानका लागि हाजिर भएका हुन् ।

उनको बयान सकिएलगत्तै आजै थुनछेक बहस सुरु हुनेछ, जसले उनी थुनामा रहेर वा तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्धारण गर्नेछ । नेपालका तर्फबाट वरिष्ठ कानुन व्यवसायीहरूको टोलीले बहसको तयारी गरेको छ । उनीहरूले पूर्वप्रधानमन्त्रीको सामाजिक हैसियत, उमेर र अनुसन्धानमा प्रमाण नष्ट गर्न वा भाग्न सक्ने सम्भावना नरहेकाले साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्ने जनाइएको छ । अर्कातर्फ, पदको दुरुपयोग गरी नीतिगत निर्णयका नाममा भ्रष्टाचार गरेको गम्भीर आरोप लागेकाले निष्पक्ष अनुसन्धानका लागि उनलाई थुनामा राख्नुपर्ने तर्क सरकारी पक्षको हुनेछ ।

अख्तियारले गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरूविरुद्ध पतञ्जलि योगपीठलाई हेटौँडामा सरकारी जग्गा दिँदा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रधानमन्त्री भएकै बेला मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारी जग्गा सट्टापट्टामा भूमिका खेलेको अभियोग नेपालमाथि छ । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । ‘पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ । यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ’, उनले भने ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न कठिन भएको बताए । सङ्घले आजदेखि लागू हुनेगरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ ।

 

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताए ।

चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उनले बताए । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन् । अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो ।

धेरै किसान विस्थापितसमेत भएको अध्यक्ष पोखरेल बताउँछन् । गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्छ ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट यहाँ ल्याइएका नमूना हेर्दा ५० फार्ममा एच ९ (एचनाइन) रोगको सङ्क्रमण देखिएको छ । यससँगै गम्बारो, साल्मोनेलाजस्ता समस्या छन् । जसले गर्दा अण्डाको उत्पादन घटेको उनको भनाई छ । वर्षातको समयमा चर्काे गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने प्रमुख डा श्रेष्ठले बतनाए ।

चितवन । चितवनमा श्रीमान–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

भिरबाट हाम फाल्दा राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले मङ्गलबार श्रीमानसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए ।

कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विभिन्न ठूला भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् । भिजिट भिसा प्रकरणमा देखिएको ‘छलकपटपूर्ण हर्कत’ लाई उदाहरण दिँदै उनले यी नेताहरूलाई ‘ती ठूला टाउका’ को संज्ञा दिएका छन् ।

उनले एनसेल, बूढीगण्डकी, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु चिनी प्रकरण लगायतका सबै ठूला भ्रष्टाचार काण्डहरूमा देउवा, ओली र दाहालको संलग्नता रहेको आशंका व्यक्त गरे । ‘अब भिजिट भिसा प्रकरण मात्र हैन, सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली, उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष संयन्त्रमार्फत छानबिन गरिनुपर्छ’, भट्टराईले भनेका छन्, ‘दोषीलाई हदैसम्मको कारबाही गरिनु पर्छ ।’ सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरे पनि उक्त समिति पक्षपाती र कमजोर भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले आज एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरूको बारेमा जानकारी दिएको हो। बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको छ ।

नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ।

हेर्नुहोस् सूची

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले प्रशस्त धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कुनै अवसर प्राप्त भए पनि श्रमकाे प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्नैले काममा अवराेध पुर्याउन सक्छन्। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।