२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

संसदले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नु राम्रो भएन : कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार (असार १६) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन् ।

समितिमा यस दिन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रस्तुतपछि उनले देशमा न्याय प्रणाली अत्यन्तै ढिलो भएको टिप्पणी गरे । विनियोजन विधेयकमाथि पनि अदालत प्रवेश गर्नु पटक्कै राम्रो नभएको उनले बताए । ‘संसद्ले पास गरेका विधेयकहरूमाथि, विनियोजन विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो भइरहेको छैन’, उनले भने, ‘यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ ।’ सर्वोच्चमा कुनै कार्य धेरै समय अड्कने परिपाटी अन्त्य गर्ने योजना के छ ? भन्दै उनले प्रश्न गरे । शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरेको भन्दै उनले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।