२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

निजामती विधेयकको भाषामा कानुन र सामान्य प्रशासनका प्रतिनिधिले षडयन्त्र गरे : रामहरि खतिवडा

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेपछि विधेयकको दफा मिलाउने जिम्मेवारी पाएका अधिकारीबाट कमजोरी भएको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको आज (बुधबार) को बैठकमा सभापति खतिवडाले निजामती विधेयकको दफा ८२ (४) मा निजामती सेवाबाट अवकाश लिएका र राजीनामा गरेको दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक र सरकारी नियुक्तिमा ‘कुलिङ अफ पिरियड’ लाग्ने व्यवस्था गरेको बताए । उक्त व्यवस्था राखेपछि समिति सचिवालयका सचिव र कानुन मन्त्रालयका सहसचिवले नमिलाएको बताए।

सुशासन समितिको बैठकले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारेको भाषा लेख्दा दुई षडयन्त्र भएको निष्कर्ष निकालेको छ । बैठकको छलफलबारे सुनाउँदै सभापति रामहरि खतिवडाले भने यसबारे उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष पत्र लेख्ने निर्णय भएको बताएका हुन्।

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलले सभापति खतिवडाले राजीनामा गर्नुपर्ने र समिति सचिवले पनि पद छोड्नुपर्ने माग गरेपछि खतिवडाले उक्त कुरा बताएका हुन्। खतिवडाले भने, ‘मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम भएको छ तर मेरो संलग्नता बिना त्यो काम भएको छ। हिजो पनि दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर अडान लिएको हुँ । उपसमितिले एक वर्ष भन्दा पनि दुई वर्ष राख्नुपर्छ भनेको हो । त्यो दफा नमिलाउने काम कानुन मन्त्रालय र सचिवालय सचिवबाट भएको देखिन्छ,’ उनले भने।

उक्त व्यवस्था राखिएको प्रतिवेदन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई दिएको खतिवडाले बताए । त्यस्तै असार १५ गते सर्वसम्मत पारित भएको उक्त विधेयकमा उपदफा थपेर कुलिङ पिरियडको विषयलाई निष्क्रिय गराउने गरी भाषा लेखिएकाले यसलाई संशोधनसहित कारबाही गर्न राष्ट्रियसभालाई पत्र लेख्ने निर्णय पनि आजको बैठकले गरेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।