
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।’
उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने बताउँदै भनेका छन्, ‘बाले भन्नु हुन्थ्यो, कसैले आरोप लगाए जवाफ दिइहाल्नु पर्छ । आमाले भन्नु हुन्थ्यो, फोहोर नचलाउनु, फोहोर चलाए आफै फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे । उनले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।’
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी अब नेपालको एक एक भ्रष्टाचार हुने दावी गरेका छन्।काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले राप्रपामा आएर भ्रष्टाचार गर्छु भनेर कसैले सोचेको छ भने त्यस्ता व्यक्तिलाई नआउन सुझाव दिए ।
उनले भने, ‘कोही भ्रष्टाचारीहरू भ्रष्टाचार गर्ने मनसायका साथ भविष्यमा कमाउने मौका पाइन्छ भनेर लागेको भए अहिले नै फर्के हुन्छ । कोही कुनै आवरणमा बसिरहेको छ भने बाटो लागे हुन्छ । यहाँ त्यस्तो उपाय हुँदैन ।’ अध्यक्ष लिङदेनले राप्रपा सुशासनको पक्षधर पार्टी बनिसकेको दाबी गरे ।
भ्रष्टाचार गर्ने जोसुकै भए पनि दण्डित हुनुपर्ने उनले बताएका छन् । उनले सबैभन्दा धेरै भ्रष्टाचार गर्ने नेताहरू नै भएको दाबी गर्दै २०४६ पछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग समेत गरे । अध्यक्ष लिङ्देनले पार्टीको कोटाबाट नियुक्त न्यायाधीश र अख्तियार प्रमुखले सोही पार्टीका भ्रष्टाचारीलाई कारवाही गर्न नसक्ने भएकाले व्यवस्था परिवर्तन अपरिहार्य भएको बताएका छन् ।
‘भ्रष्टाचार कस्ले गर्छ भन्दा नेताहरुले गर्छ, उनीहरुलाई कारबाही गर्ने संवैधानिक निकाय को हो भन्दा अख्तियार र अदालत हो’, लिङ्गदेनले भने, ‘अनि नेताले नियुक्ति गरेका ती निकायका प्रमुखले आफ्नो नेतालाई कारबाही गर्छ त ? त्यसकारण समस्या व्यवस्थामा छ र यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’
अहिलेको मिश्रित निर्वाचन प्रणाली नै भ्रष्ट भएको पनि उनको जिकिर छ । ‘नेताहरुले ल्याएको यो व्यवस्थामै मुख्य समस्या छ, यो व्यवस्थाले ल्याएको निर्वाचन प्रणाली भ्रष्ट छ, नेतालाई पैसा खुवाएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री भइसकेपछि देशको लागि होइन आफ्नो निर्वाचन क्षेत्रको लागि काम गर्ने व्यवस्था छ’, उनले थपे ।
काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए– नेपाल) ले आज एक विज्ञप्ति निकालेर निर्णयको स्वागत गरेको छ ।
विज्ञप्तिमा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए–नेपालले स्वागत गरेको उल्लेख छ । तर यो निर्णय कुन मितिमा भयो भन्नेबारेमा एमसीए नेपालले खुलाएको छैन।
एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ । एमसीसी कम्प्याक्टको कार्यान्वयन गरिरहेको एमसिए–नेपालले हालसम्म तीनवटा ४०० केभीका विद्युत् सबस्टेसन तथा १८ किलोमिटर ४०० केभी प्रसारण लाइनको ठेक्का लगाइसकेको छ । बाँकी २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको एमसीए नेपालले जनाएको छ ।
एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको पनि जनाएको छ । ‘नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ । यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ,’ एमसीए–नेपालले उल्लेख गरेको छ ।
एक जानकार सरकारी स्रोतका अनुसार नेपालसहित पाँच मुलुकमा एमसीसीले सहयोग निरन्तर जारी राख्ने निर्णय भएको अनौपचारिक जानकारी आए पनि औपचारिक रुपमा भने सूचना आएको छैन । सुरुमा नेपाललाई एमसीसीले ५० करोड अमेरिकी डलर अनुदान दिने गरी कम्प्याक्ट भएको थियो ।
तर, प्रसारण लाइनमा निर्माणका लागि लागत बढ्ने भएपछि एमसीसीको बोर्डले गत २ जनवरी २०२५ मा थप ५ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस विषयमा एमसीसीले अमेरिकी कंग्रेसलाई जानकारी समेत गराइसकेको छ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन् । तीन दिनदेखि सानेपामा चलिरहेको कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री थापामाथि खनिंदै बस्नेतले आक्रोश पोखेका हुन् ।
‘उहाँ (बस्नेत) ले महामन्त्रीमाथि आफू विरुद्ध लागेको आरोप लगाउनु भयो,’ एक केन्द्रीय सदस्यले भने, ‘संसदमा बोल्दा गगनजीले टेरामक्सलाई बढी उछालेर आफूलाई फसाउन खोजेको उहाँको गुनासो देखियो।’ उनले आफूविरुद्ध लाग्नेलाई सचेत रहन चेतावनी पनि दिएको ती सदस्यले बताए ।
’महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । बाहिर पनि लाग्नु भयो, संसद्मै पनि लाग्नुभयो,’ उनले भने, ‘तपाईकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्यो ।’ उनले आक्रामक हुँदै थपे, ‘मविरुद्ध लाग्ने तपाईं हैन ? ढिलोछिटो पालो सबैको आउँछ । हेरौंला कोही चोखो हुनेवाला छैन, सग्लै चोखिनेवाला कोही छैन ।’ उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरू संगठन जोगाएर, पार्टीलाई जिताएर ल्याइरहने नेताविरुद्ध किन खनिन्छन् आफूले बुझ्न नसकेको पनि बताए ।
‘जुन मान्छेले एक्लै लडेर सिन्धुपाल्चोकमा संगठन बनाएको छ । माओवादीसँग एक्लै भिडिरहेको छ त्यही नेतामाथि नेतृत्व खनिने ?,’ उनले भने, ‘तपाईले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन । तर मलाई धेरथोर बदनाम बनाउने काम भयो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटाला प्रकरणमा भर्खरै बस्नेतमाथि पनि अभियोजन गरेको थियो । विशेष अदालतले बस्नेतसँग २५ लाख धरौटी माग गर्दै पुर्पक्षका लागि छाडेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेपछि विधेयकको दफा मिलाउने जिम्मेवारी पाएका अधिकारीबाट कमजोरी भएको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको आज (बुधबार) को बैठकमा सभापति खतिवडाले निजामती विधेयकको दफा ८२ (४) मा निजामती सेवाबाट अवकाश लिएका र राजीनामा गरेको दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक र सरकारी नियुक्तिमा ‘कुलिङ अफ पिरियड’ लाग्ने व्यवस्था गरेको बताए । उक्त व्यवस्था राखेपछि समिति सचिवालयका सचिव र कानुन मन्त्रालयका सहसचिवले नमिलाएको बताए।
सुशासन समितिको बैठकले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारेको भाषा लेख्दा दुई षडयन्त्र भएको निष्कर्ष निकालेको छ । बैठकको छलफलबारे सुनाउँदै सभापति रामहरि खतिवडाले भने यसबारे उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष पत्र लेख्ने निर्णय भएको बताएका हुन्।
एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलले सभापति खतिवडाले राजीनामा गर्नुपर्ने र समिति सचिवले पनि पद छोड्नुपर्ने माग गरेपछि खतिवडाले उक्त कुरा बताएका हुन्। खतिवडाले भने, ‘मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम भएको छ तर मेरो संलग्नता बिना त्यो काम भएको छ। हिजो पनि दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्नुपर्छ भनेर अडान लिएको हुँ । उपसमितिले एक वर्ष भन्दा पनि दुई वर्ष राख्नुपर्छ भनेको हो । त्यो दफा नमिलाउने काम कानुन मन्त्रालय र सचिवालय सचिवबाट भएको देखिन्छ,’ उनले भने।
उक्त व्यवस्था राखिएको प्रतिवेदन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई दिएको खतिवडाले बताए । त्यस्तै असार १५ गते सर्वसम्मत पारित भएको उक्त विधेयकमा उपदफा थपेर कुलिङ पिरियडको विषयलाई निष्क्रिय गराउने गरी भाषा लेखिएकाले यसलाई संशोधनसहित कारबाही गर्न राष्ट्रियसभालाई पत्र लेख्ने निर्णय पनि आजको बैठकले गरेको छ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताएका छन् । आज (बुधबार) को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभइ षड्यन्त्र भएको बताए । उनले देशलाई सपार्ने हो भने आफ्नो नभइ नेपाल आमाको अनुहार हेर्नुपर्ने बताए। नजानेर त्रुटी भएर भन्ने कुरा नरहेको भन्दै यसमा सहभागीहरूमाथि कारबाही हुनुपर्ने बताए । प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरूलाई नदिइएको भन्दै आपत्ति जनाएका छन् । नैतिकता भन्ने कुरा आफैले बुझ्ने कुरा भएको भन्दै उनले छानबिन सभापतिसहित सबैलाई गर्नुपर्ने बताए।
‘नैतिकताको कुरा आफैले जान्ने हो । सभापति, सचिवले नैतिकताको कुरा आफैले देखाउने हो,’ उनले थपे, ‘छानबिन सभापतिदेखि सबैलाई गर्नुपर्छ । संसदलाई हेपियो यो सही भएन ।’
काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट नै लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन्।
राजनीतिमा सक्रिय हुने निर्णयसँगै उनले सरकारी सुविधा फिर्ता गरिन्।
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गरेकाछौं’, भण्डारीनिकटले जानकारी दिए।
उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन्। अब भने एमालेमा उनको भूमिका सक्रिय र अन्य नेताका लागि पेचिलो बन्ने भएको छ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना जारी गर्दै आज (असार १८) देखि आवेदन खुला गरिएको जानकारी दिएको हो। महानगरपालिकाको वेवसाइट वा यसमार्फत आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ ।
आजदेखि यही असार २७ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत (निजी) विद्यालयहरुमा अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीलाई महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरेर छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
०७९ देखि महानगरले व्यवस्थित रुपमा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो । महानगरको यो कार्यक्रमबाट अहिलेसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन् । २०८२ / ०८३ को लागि प्रदान गरिने छात्रवृत्तिको लागि आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ । विद्यालयगत छात्रवृतिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशित गरिने महानगरले जनाएको छ ।
हेर्नुस् महानगरको सूचना

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।
समितिबाट षडयन्त्र भएको सुन्दा दुःख लागेको उल्लेख गर्दै समिति सचिव जस्तो मान्छेले केही जानकारी छैन भनेर उम्किन नमिल्ने बताए । सांसद हृदयराम थानीले ‘ठूलाकै दबाबमा’ राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले निजामती विधेयकमा चलखेल गरेको आरोप लगाएका छन् ।
‘तपाईंले नपढेर सिग्नेचर गर्नु भएको भन्ने मेरो मनमा छैन । दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नु भएको हो’, बुधबार समितिको बैठकमा समितिका सदस्य समेत रहेका थानीले भने । ‘दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन । सभापति टाठोबाठोमध्येको सभापति हो । कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?’, उनले प्रश्न गरे ।
उनले अगाडि थपे, ‘यहाँ ठूलै समूहको हात छ, सांसदको मन रोएको छ । भोलि पार्लियामेन्ट सिस्टमको के रहला ?’ उनले समितिका सभापति रामहरि खतिवडाले मनपरी गरेको पनि आरोप लगाएका छन् । उनले यस विषयमा संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए । ‘सभापतिलाई इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नु भएको थियो ? कम्तीमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनु भयो’, उनले भने ।





