नेपाल उद्योग परिसंघले गर्यो साधारणसभालाई आर्थिक समृद्धिमा केन्द्रित गर्ने घोषणा ।

0
454

काठमाडौ साउन ३ नेपाल उद्योग परिसंघले तीन ठूला दलका प्रमुखलाई एउटै मञ्चमा उतार्ने भएको छ ।परिसंघको १४ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री तथा शेरबहादुर देउवा सहित पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाललाई एउटै मञ्चमा ल्याउने भएको छ ।

परिसंघले समृद्धिका लागि लगानी र विकासको अपरिहार्यताको नारासहित १४ औं वार्षिकोत्सव मनाउन लागेको पनि जनाएको छ । र यसै नारामा केन्द्रीत रही परिसंघले वृहत बहस समेत चलाउने तयारी गरेको छ ।
यसअघिको भन्दा यो पटकको साधारणसभा निकै भिन्न रहेको उल्लेख गर्दै परिसंघले १४ औ साधारणसभा भिन्न परिवेश र परिस्थितिकाबीच हुँदैछ भनेको छ । ठूलो उतारचढाव, द्वन्द्व र शान्ति प्रक्रियाको पहलकदमीपश्चात् मुलुकले नेपालको संविधान २०७२ कार्यान्वयन भएको छ । दुई दशकपछि ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भएको छ । हालमुलुकमा संविधानको कार्यान्वयनको चरणमा संघीय राज्यमार्फत विकासको मार्गचित्र कोर्न तयार भइसकेको अवस्थामा मुलुकलाई विकासको अर्को चरणको उचाइँमा पुर्याउन नयाँ नीति र कार्यक्रमहरु अवलम्बन गर्नु आवश्यक छ।’परिसंघले आर्थिक वृद्धिमा टेवा पुर्याउन संघीय सरकारले विभिन्न किसिमबाट मद्दत गर्न सक्ने उल्लेख गर्दै त्यसतर्फको पहिलो आवश्यकता निजी क्षेत्रको सम्मानजनक प्रवर्धन, लगानीमैत्री वातावरणको निर्माण तथा जिम्मेवारीबोध सहितको सरकारी कार्यक्षमताको बिस्तार रहेको प्रष्ट्याएको छ ।

परिसंघले आर्थिक वर्ष २०७२÷७३ मा १ प्रतिशतभन्दा पनि कम रहेको नेपालको आर्थिक वृद्धिदर आर्थिक व बर्ष २०७४÷७५ मा ७दशमलव ५ प्रतिशत प्रक्षेपण गरिनु उत्साहजनक स्थिति रहेको विश्लेषण गर्दै नेपालको हालको आथिृक वृद्धिलाई आगामी तीन वर्षसम्म निरन्तरता दिन सकेमा हामी सजिलैसँग दोहोरो आर्थिक वृद्धि हासिल गर्न सक्ने विश्वास ब्यक्त गरेको छ ।
परिसंघले वार्षिकोत्सवको कार्यक्रममा सरकार प्रमुख तथा मुख्य राजनीतिक दलहरुको तर्फबाट आर्थिक समृद्धिको पूर्ण प्रतिवद्धता माग्ने तयारी समेत गरेको जनाएको छ ।