२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि सरकारले आजदेखि यससँग सम्बन्धित सबै सेवा बन्द गरेको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै ईडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रणालीसमेत सबै सेवा प्रभावित भएको जानकारी दिएको हो ।

विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ ।’

विभागले प्रणालीमा आएको समस्याको समाधानका लागि काम भइरहेको उल्लेख गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द रहने जनाएको छ ।

यसबाट नयाँ आवेदन, लिखित तथा ट्रायल परीक्षा, लाइसेन्स नवीकरण लगायतका सबै सेवा प्रभावित हुनेछन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।