२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

रसुवा बाढी अपडेट : ९ जनाको शव भेटियो, १९ जना अझै बेपत्ता

रसुवामा गएको बाढीमा परेर बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ ।

उद्धारका क्रममा बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेपछि मृत्यु हुनेको संख्या ९ पुगेको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार बाढीमा अझै १९ जना बेपत्ता छन् । उनका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै, ५७ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो ।

बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । बाढीले रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति पुर्‍याएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।