२०८३ बैशाख २९ गते मंगलवार
२०८३ बैशाख २९ गते मंगलवार

रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो : झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् । चीन भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैनन् भन्न आफूले नसक्ने स्पष्ट पारे । तर, लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनले आरोप लगाए ।

‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैनन् भनेर म कसरी पुष्टि गरौँ र ! तर, रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महसुस छ’, उनले भने । सहकारी ठगी प्रकरणमा अदालतको आदेशबाट लामिछाने हाल थुनामा छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।