संविधान संशोधन नभई निर्वाचनमा राजपा सहभागी हुँदैन ठाकुर ।

0
468

भक्तपुर, १० साउन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताउनुभएको छ ।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा ठाकुरले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना यही अबस्थामा निर्वाचनमा सहभागी नहुने बताउनुभयो ।ठाकुरले सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन नसकेको र सरकारले आफूले गरेको वाचा पूरा नगर्दा समस्या सुल्झिनुभन्दा झनै बल्झँदै गएको बताउनुभयो ।
तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप ठाकुरको छ ।