२०८३ भाद्र १० गते बुधबार
२०८३ भाद्र १० गते बुधबार

रास्वपा प्रदेशसभा खारेजीको पक्षमा, संघमा १५ मन्त्रालय राख्नुपर्ने झाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आफ्नो पार्टी प्रदेशसभा खारेजीको पक्षमा रहेको बताएका छन् ।

यद्धपी प्रदेश भने राख्नुपर्ने उनको मत छ । यस्तै केन्द्र सरकारमा पनि मन्त्रालयहरुको संख्या धेरै भएको उनको भनाई छ । संघमा जम्मा १५ वटा मन्त्रालय राख्नुपर्ने उनले सुनाए । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने,‘प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । कोसीमा १३७, मधेशमा १३६ पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्छ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ। अहिले त एक अर्काले चिन्ने चाहँदैन, बुझ्नै चाहँदैन। यसरी हामीले हाम्रो योजना र नीतिहरूको व्याख्या गर्न सक्नुपर्छ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।