काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो ।
नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे।
नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।
