अब स्मार्ट फोनबाटै बिद्युतको बिल भुक्तानी गर्न सकिने ।

0
392
साउन १५ काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन आधुनिक प्रणालीको जडान गर्ने कार्य अगाडि बढाएको छ ।
अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि सोही प्रणालीको विकास गर्न लागिएको हो ।
सेवाग्राहीलाई प्राधिकरणको काउन्टर धाएर समय र लाइन बस्नु पर्ने अवस्थाको समेत अन्त्य हुनेछ ।
प्राधिकरणले सेवाग्राहीले भोग्नुपरेको झन्झट अन्त्य गर्न महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।
प्राधिकरणले यस्तो प्रणाली पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा जडान गर्नेछ ।
त्यसपछि मुलुकभर नै त्यस्तो प्रणाली जडान गर्ने तयारी गरिएको छ । महसुल पनि प्रिपेड कार्डबाट तिर्न सकिनेछ ।