कमोडिटी बजार बिद्येयक पारित,अब कमोडिटी कारोबारका लागि धितोपत्र बोर्डबाट अनुमती लिनुपर्ने ।

0
437
साउन१५ काठमाडौं । आजको व्यवस्थापिका संसदको बैठकले बस्तु विनिमय (कमोडिटी) बजार एकिकृत गर्न बनेको विद्येयक पारित गरेको छ ।
अब कमोडिटी बजार सञ्चालनको लागि कम्पनीहरुले धितोपत्र बोर्ड समक्ष अनुमतीको लागि आवेदन दिनुपर्ने भएको छ ।
हालसम्म कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरे पुग्ने व्यवस्था थियो ।

कमोडिटी बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था विद्येयकमा गरिएको छ ।
यस्तो कम्पनीमा स्वदेशी लगानीकर्ता कसैले पनि ५ प्रतिशतभन्दा बढि सेयर स्वामित्व लिन पाउँने छैन ।

रणनीतिक साझेदारको रुपमा आउने विदेशी लगानीकर्ताले भने कम्पनीको बढिमा ५१ प्रतिशतसम्म सेयर स्वामित्व लिन सक्नेछ ।
विद्येयकले कम्पनीहरुलाई लगानी संरक्षण कोषको व्यवस्था गर्न समेत निर्देशीत गरेको छ । तर यसको विस्तृत व्यवस्था भने धितोपत्र बोर्डले तोक्ने भएको छ ।